काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी हेरफेर अद्यावधिक गरेको छ। आयोगले ६२ जना केन्द्रीय सदस्यको नामावली परिमार्जन गरी अभिलेखमा समावेश गरेको हो।
यो अद्यावधिक रास्वपाले गत असार ७ मा गरेको निर्णय अनुसार गरिएको हो। अद्यावधिक अभिलेखअनुसार महामन्त्रीमा कविन्द्र बुर्लाकोटी र प्रवक्तामा मनिष झा रहेका छन् ।
सहमहामन्त्रीको पदमा भने एक जना मात्र छन् । सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट राजीनामा दिएपछि उनी अब केन्द्रीय सदस्यका रूपमा मात्र रहेको सूचीमा उल्लेख छ।
नयाँ सूचीमा योजना आयोगका पूर्व सदस्य अरनिको पाँडे लगायतका नाम पनि समावेश गरिएको छ।
यस्तै, अद्यावधिक सूचीमा रास्वपाले दीपक बोहरालाई सह-कोषाध्यक्षको जिम्मेवारीबाट हटाएको देखिएको छ । बोहरालाई कोषाध्यक्षबाट हटाएर केन्द्रीय सदस्यमा सीमित गरिएको छ ।
आयोगले अद्यावधिक गरेको केन्द्रीय समितिको नामावली हेर्नुहाेस्


