बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

आइतबार, असार ८ २०७६

चितवन असार, ८– पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

आइतबार बिहान ७ बजेतिर नारायणागढ मुग्लिन सडकखण्डको जलविरेमा  पहिरो गएकाले गाडी चल्न नसकेको प्रहरीले जनाएको छ ।
गाडी नचलेपछिे यात्रु बाटोमै रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जनाएको छ । वर्षा याममा पटक–पटक पहिरो जाँदा यो सडक खण्डमा यात्रुलाई सास्ती हुने गरेको छ ।