आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सम्बन्धित निकायलाई जनस्तरबाट पनि खबरदारी गर्न प्रधानमन्त्रीको आग्रह

'जवाफदेही निकाय जवाफदेही हुन नसक्दा काम गर्नेले गाली पाउँछ र विरोध मात्रै गर्नेको वाहवाही हुन्छ'

बुधबार, साउन २८ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित निकायलाई जनस्तरबाट पनि खबरदारी गर्न आग्रह गरेका छन् ।

मंगलवार सिंहदरबारमा कृषि मन्त्री रामनाथ अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग भएको बैठकमा प्रधानमन्त्री ओलीले मलको उपलब्धता, आपूर्ति र वितरण प्रणालीबारे गहन छलफल गरेका थिए।

बैठकमा ओलीले आवश्यक मात्रामा मल किन उपलब्ध हुन नसकेको र उपलब्ध मल पनि प्रभावकारी रूपमा वितरण किन नहुनेबारे प्रश्न उठाएका थिए।
आज फेरि उक्त बैठको छोटो भिडिया संवाद सामाजिक सञ्जालमा शेयर गर्दै प्रधानमन्त्री ओलीले जवाफदेही निकाय जवाफदेही हुन नसक्दा नै काम गर्नेले गाली पाउँछ र विरोध मात्रै गर्नेको वाहवाही हुने बताएका छन् ।

प्रधानमन्त्रीले हरेक सरकारी निकायहरू आफ्नो परिभाषित काममा आफैं जवाफदेही हुनुपर्छ। नागरिकको समस्यामा सरकार चुप लागेर बस्न नमिल्दैने बताउँदै भनेका छन् किसानले किन ‘मल पाएनाैं, भनिरहेका छन् यो गुनासो तत्काल सम्बोधन गर्न हिजो सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिएको छु । सम्बन्धित निकायलाई जनस्तरबाट पनि खबरदारी भैरहोस्। समस्या हेरेर बस्ने होइन, समाधान गर्ने हो।