आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य छ : प्रधानमन्त्री

मंगलबार, साउन २७ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवाको ऊर्जा, सिर्जनशीलता र सपनालाई राष्ट्रको समृद्धि र उज्ज्वल भविष्यको मुख्य आधारको रूपमा वर्णन गरेका छन्।

फेसबुकमार्फत् शुभकामना सन्देश दिँदै उनले भनेका छन्, “फूलको मुस्कान कोपिलामा भएझैं, राष्ट्रको भविष्य युवाको सिर्जनशील सोच र जोशमा निहित छ।” सकारात्मक सोच, निरन्तर प्रयास र एकताबद्ध व्यवहारमार्फत् देशलाई समृद्ध बनाउने सङ्कल्प पूरा हुने उनले विश्वास व्यक्त गरे।

संयुक्त राष्ट्रसंघले सन् १९९९ मा अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा घोषणा गरेको र सन् २००० देखि यो दिवस मनाउन थालिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले दिवसले युवालाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सशक्त बनाउन प्रेरणा दिने बताए।