रूपन्देही । राष्ट्रिय मानव अधिकार आयोगको टोली रूपन्देही कारागारमा अनुगमनका लागि आएको छ।
आयोग सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, र इन्सेक प्रतिनिधि रिमा बिसी सहितको टोलीले कारागारको निरीक्षण गरिरहेको छ।
कारागारको ब्लक नम्बर ४ मा राखिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको सुविधा र बसाइ व्यवस्थापनसम्बन्धी विषयमा केही दिनयता विभिन्न समाचार आइरहेको अवस्थामा आयोगले अनुगमनको प्रक्रिया अघि बढाएको हो।
आयोगले कारागारको समग्र अवस्था तथा कैदीहरूको जीवनस्तर र सुरक्षाका विषयमा समेत निरीक्षण गरी प्रतिवेदन तयार पार्ने बताएको छ।