बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पशुपतिस्थित आर्यघाटमा जलिरहेको शवबाट हड्डी निकाल्ने दुई जना पक्राउ

सोमबार, साउन २६ २०८२

काठमाडौँ । पशुपतिस्थित आर्यघाटमा जलिरहेको शवबाट हड्डी निकालेर अन्य व्यक्तिलाई दिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा शव जलाउने कार्यमा संलग्न गणेश ढकाल र उनका सहयोगी रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुलदीप चन्दका अनुसार शुक्रबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ निवासी राम शाहीको शव जलाउने क्रममा उक्त कार्य भएको मृतकका परिवारले आरोप लगाएपछि प्रहरीले कारबाही गरेको हो।

दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त गौशलामा राखी सोधपुछ तथा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।