बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सोमबार, साउन २६ २०८२

मुस्ताङ । मुस्ताङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छभने एक जना घाइते भएका छन् ।

फर्निचरको सामान लोड गरी जोमसोमबाट मार्फातर्फ जाँदै गरेको  ग १ त ७५०२ नम्बरको ट्याक्टर यहाँको घरपझोङ–३ स्याङ स्थित बेनी–जोमसोम सडकमार्गमा आइतबार साँझ करिब साँढे ८ बजेको समयमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरी निरीक्षक विकास क्षेत्रीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका निसी खोला गाउँपालिका–५ बाग्लुङका ३० वर्षीय ट्याक्टर चालक शेरबहादुर घर्ती मगरको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक क्षेत्रीले बताए ।

दुर्घटनामा गोर्खा धार्चे गाउँपालिका–५ माछीखोला बस्ने ६० वर्षीय आशबहादुर गुरुङ घाइते हुनुभएको छ । उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरीले जनाएको छ ।