बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विपिन जोशीको रिहाइको माग गर्दै आमा र बहिनी इजरायल प्रस्थान

सोमबार, साउन २६ २०८२

काठमाडौं । हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विद्यार्थी विपिन जोशीको रिहाइको मागसहित उनका आमा पदमा जोशी र बहिनी पुष्पा जोशी आज (सोमबार) इजरायल प्रस्थान गरेका छन्।

दुबई हुँदै इजरायल पुग्ने उद्देश्यले उनीहरू बिहान ९ बजे फ्लाइ दुबईको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका हुन्। विमानस्थल भित्र प्रवेश गर्ने क्रममा आमा र बहिनी दुवै भावविह्वल हुँदै रुँदै पसेका थिए।

विपिन जोशी गत वर्ष हमासको आक्रमणका क्रममा बन्धक बनाइएका थिए। उनका परिवारजनले इजरायली अधिकारीहरूसँग प्रत्यक्ष भेटेर छोराको सुरक्षित रिहाइका लागि पहल गर्ने बताएका छन्।

कृषिका विद्यार्थी विपिन जोशी ‘सिक्दै कमाउँदै’ कार्यक्रमका लागि इजरायल गएका थिए । हमालसले इजरायलमा आक्रमण गरेपछि उनी २०८० असोज २० गतेदेखि सम्पर्कमा छैनन् ।