बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पशुपतिनाथको दर्शन गर्न राजस्थानका जेष्ठ नागरिकलाई निःशुल्क हवाई टिकट

शुक्रबार, असार ६ २०७६

काठमाडौं । भारतको एक प्रान्त राजस्थानले आफ्नो राज्यका जेष्ठ नागरिकलाई पशुपतिनाथ दर्शनका लागि निःशुल्क हवाई टिकट दिने भएको छ । 

 

राज्य सरकारले बिहीबार जारी गरेको विज्ञप्तिमा काठमाडौंसहित निःशुल्क भ्रमण गराउने अन्य स्थानमा उत्तराखण्डको देहरादुन र पश्चिम बंगालको कोलकोता रहेको उल्लेख छ । अशोक गोहलोत सरकारले यो निर्णयपछि जेष्ठ नागरिकको निःशुल्क हवाई भ्रमण गर्ने धार्मिक स्थलको संख्या आठ पुगेको छ ।

 

पशुपतिनाथका दर्शन गर्न आउने जेष्ठ नागरिकले काठमाडौंका टिकट निःशुल्क पाउनेछन् । त्यसैगरी गंगासागर–दक्षिणेश्वर काली–भेलुर मठ जानेले कोलकोताको टिकट निःशुल्क पाउने राज्य सरकारको विज्ञप्तिमा उल्लेख छ ।

 

उत्तराखण्डका तीर्थ यात्रा गर्नेहरुले देहरादुनका हवाई यात्रा निःशुल्क गर्न पाउनेछन् । त्यसपछि उनीहरुले बस सुविधा पाउने छन् । निःशुल्क हवाई यात्राका सुविधा पाँच हजार जेष्ठ नागरिकले पाउने राजस्थान सरकारले जनाएको छ ।

 

त्यसैगरी निःशुल्क रेलका यात्रा गर्नेहरुको समेत नयाँ रुट थपिएको श्रीगोविन्दधाम–नन्दगाउ–वनारस–मथुरा–वृन्दावन र अजमेयर(अजमेय सरिफ)–दिल्ली(शेख निजामुद्दिन औलिया), फतेहपुर–सिक्री–आग्रा(शेख सलिम चिस्मी दर्गा) रहेको विज्ञप्तिमा जनाइएको छ ।