आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

शुक्रबार, साउन २३ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने भएको छ।

रास्वपाका प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, कुलिङ अफ पिरियड छानबिन समितिको प्रतिवेदन, भिजिट भिसा प्रकरण, सांसदहरूको संसदमा भूमिका, रूपन्देही–३ को उपनिर्वाचन तयारी, उम्मेदवारी छनोट, साथै विधान संशोधन प्रस्ताव जस्ता महत्वपूर्ण विषयमा छलफल हुनेछ।

रूपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ। सो चुनावका लागि रास्वपाले ९ जनाको नाम सार्वजनिक गरिसकेको छ। उम्मेदवार टुंगो लगाउने प्रक्रिया अन्तर्गत आज र भोलि (शनिबार) ती नामहरूमा दाबी विरोध आह्वान गरिएको छ।

बैठकपछि पार्टीको रणनीति र आगामी कदमबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ।