आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रधानमन्त्री ओली तुर्कमेनिस्तानबाट आज स्वदेश फर्किंदै

शुक्रबार, साउन २३ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज राति तुर्कमेनिस्तानबाट स्वदेश फर्किंदैछन्। साउन १८ गते मध्यराति तुर्कमेनिस्तानको अवाजा सहर प्रस्थान गरेका ओली संयुक्त राष्ट्रसंघीय कम विकसित मुलुकहरूको समूह (एलएलडिसी) को तेस्रो सम्मेलनमा भाग लिएर फर्किन लागेका हुन्।

नेपाल अध्यक्ष रहेको एलएलडिसी समूहको सम्मेलन साउन २० देखि २३ गतेसम्म ९अगस्ट ५–८० आयोजना भएको थियो। सम्मेलनमा प्रधानमन्त्री ओलीले कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा सम्बोधन गरेका थिए।

सम्मेलनको क्रममा उनले विभिन्न राष्ट्रका प्रतिनिधिमण्डल प्रमुख, संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग पनि भेटवार्ता गरेका थिए।

प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज राति काठमाडौं आइपुग्ने उनको सचिवालयले जानकारी दिएको छ।