आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ

बिहिबार, साउन २२ २०८२

झापा । जिल्लाको कमल गाउँपालिकाबाट प्रतिबन्धित लागुऔषधजन्य औषधिसहित दुई जनालाई दमक प्रहरीले पक्राउ गरेको छ । कमल–६ का विष्णुप्रसाद बगाले र गङ्गाबहादुर खड्का पक्राउ परेका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रहरीको टोलीले कमल–७ गेउरियामा फार्मेसी सञ्चालन गर्दै आएका बगालेको मङ्गलबारेस्थित घरबाट सात हजार १६० थान प्रतिबन्धित औषधिसहित बुधबार साँझ पक्राउ गरेको हो ।

बगालेको घरमा लुकाइछिपाइ राखेको ट्रामाडोल तीन हजार थानसहित अन्य सात हजार १६० थान प्रतिबन्धित औषधि फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

उनका अनुसार दमकमा औषधि पसलको थोक बिक्रेता गर्दै आउनुभएका खड्का र बगालेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ ।