आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

माओवादी लक्षित शङ्कर पोखरेलको व्यंगः एकै व्यक्ति प्रधान

बिहिबार, साउन २२ २०८२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले नेतृत्व परिवर्तनको विषयमा माओवादी केन्द्रमाथि व्यंग्य गर्दै प्रमुख दलहरूको नेतृत्व तालिका सार्वजनिक गरेका छन्।

सामाजिक सञ्जालमार्फत पोखरेलले बहुदलीय व्यवस्था स्थापना भएयता प्रमुख तीन दल – एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्र मा भएका नेतृत्व परिवर्तनको तुलनात्मक सूची सार्वजनिक गर्दै माओवादी केन्द्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहेक अरु कोही नआएको संकेत गरेका हुन्।

पोखरेलले सार्वजनिक गरेको विवरण यस्तो देखिन्छ – एमालेमा ०४६ सालको बहुदलीय व्यवस्था प्राप्तिपछि ५ जना नेताले पार्टीको नेतृत्व गरेका छन् भने नेपाली कांग्रेसमा ४ जना नेताले नेतृत्व सम्हालेको देखिन्छ । तर माओवादी केन्द्रमा केवल पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निरन्तर नेतृत्व गरेका छन् ।

पोखरेलको यो प्रस्तुति प्रत्यक्ष रूपमा माओवादी केन्द्रप्रति लक्षित व्यंग्य मानिएको छ, जसमा उनले एक व्यक्ति प्रधान प्रवृत्ति देखाउन खोजेका छन्।

साथै, पछिल्लो समय एमालेभित्र पनि नेतृत्व परिवर्तनको बहस चर्कँदो छ। सोही बहसको सन्दर्भमा पोखरेलले आफूले नेतृत्वको विविधता रहेको एमालेको पहिचान देखाउन खोजेका हुन्।