बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

यी हुन् बागमती प्रदेशका नवनियुक्त आठ मन्त्री

बुधबार, साउन २१ २०८२

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार उनले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

मुख्यमन्त्री बानियाँले मंगलबार नै एमालेबाट ६ जना र कांग्रेसबाट २ जनालाई मन्त्रीमा नियुक्त गरेका छन् । उनीहरुको पनि पद तथा गोपनियताको शपथ भएको छ ।

एमालेबाट यसअघिकै स्वास्थ्य मन्त्री किरण थापा दोहोरिएका छन् ।

यस्तै मधुसूदन पौडेल कृषि तथा पशुपन्छी विकास, भरत केसी वन तथा वातावरण, जयराम थापा श्रम, रोजगार तथा यातायात, बिन्दु श्रेष्ठ उद्योग, वाणिज्य तथा भूमि प्रशासन र डा दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार मन्त्री भएका छन्।

यस्तै कांग्रेसबाट कृष्णकुमार तामाङ खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र शिवराज अधिकारी बिनाविभागीय मन्त्रीमा नियुक्त भएका छन् ।