आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सभामुखले बोलाए प्रमुख सचेतकहरू र कार्यव्यवस्था परामर्श समितिकाे छुट्टाछुट्टै बैठक

सोमबार, साउन १९ २०८२

काठमाडौँ । प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि तय गरिएको बैठकअघि सभामुख देवराज घिमिरेले दुईवटा छुट्टाछुट्टै बैठक आह्वान गरेका छन्।

सभामुखका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा प्रमुख पाँच दलका प्रमुख सचेतकहरू तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको सहभागितामा बैठक बोलाइएको छ।
यस बैठकपछि साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक डाकिएको छ।

दुवै बैठकमा दिउँसोको संसद् बैठकलाई प्रभावकारी बनाउन आवश्यक छलफल तथा समन्वय हुने जनाइएको छ।