बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रञ्जिता श्रेष्ठको बहिष्कारपछि नाउपाकाे नेतृत्व फेरबदल, लालवीर चौधरी बने अध्यक्ष

शुक्रबार, साउन १६ २०८२

काठमाडौं । काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा नेतृत्व फेरबदल भएको छ। पार्टीको राष्ट्रिय भेलाले बिहीबार रेशम चौधरीका बुवा लालवीर चौधरीलाई नयाँ अध्यक्षमा चयन भएका छन् ।

बिहीबार काठमाडौंको बानेश्वरमा सम्पन्न राष्ट्रिय भेलाले लालवीरलाई सर्वसम्मत अध्यक्ष बनाउने निर्णय गरेको हो।

यसअघि पार्टीको अध्यक्ष रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ थिइन्। तर, बुधबारको निर्णयअनुसार उनलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको थियो।

पार्टीभित्र लामो समयदेखि मतभेद चल्दै आएको थियो। पछिल्लो समय पोखराको एक विवादास्पद जग्गा प्रकरणमा रञ्जिता श्रेष्ठको नाम जोडिएपछि विवाद चुलिएको हो। सोही विवादले पार्टीभित्र गम्भीर अन्तरकलह पैदा गर्‍यो।

निष्कासनपछि पनि रञ्जिताले बिहीबार पार्टी संसदीय दलका नेता गंगाराम चौधरीलाई अध्यक्षको हैसियतमा स्पष्टीकरण सोधेको घटनाले थप विवाद निम्त्याएको छ। सांसद अरुण चौधरीले त्यसप्रति आश्चर्य व्यक्त गर्दै भने, “अस्ति आफैंले अध्यक्ष पद छाडेको घोषणा गर्नुभएको थियो, आज फेरि कसरी अध्यक्ष बन्नुभयो?”

नाउपाको नेतृत्व विवाद अहिले चरम बिन्दुमा पुगेको देखिन्छ, र पार्टीको भविष्यको दिशाबारे विभिन्न अड्कलबाजी हुन थालेका छन्।

नेतृत्व फेरबदलसँगै पार्टीले आन्तरिक विवाद समाधानको प्रयास थालेको देखिए पनि विवाद अझै टुङ्गिएको छैन।