आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कोदो दिवसको शुभकामना दिँदै प्रधानमन्त्रीले भने : उत्पादन बढाऔँ, कोदोका परिकारहरू उपभोग गरौँ !

शुक्रबार, साउन १६ २०८२

काठमाडौँ । सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाउँदै छ ।

यसै सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोदो दिवसको शुभकामना दिएका छन् ।

प्रधानमन्त्रीले कोदोको उत्पादन बढाउन र कोदोका परिकारहरू उपभोग गर्न आव्हान समेत गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै ओलीले कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र नभई यसको पोषणीय महत्त्व समेत रहेको बताएका छन् ।

‘ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, यसमा हुने फाइबरले हृदय स्वास्थ्य मजबुत बनाउन मद्दत गर्छ’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘सिँचाइ बिना नै उत्पादन हुन सक्ने यस्तो गुणकारी खाद्यान्नलाई प्रवर्द्धन गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको छ ।’

उनले कोदोको उत्पादन बढाउन र यसका परिकार उपभोग गर्न सुझाव समेत दिएका छन् ।

‘कोदो उत्पादन बढाऔँ, कोदोका परिकारहरू उपभोग गरौँ ! कोदो दिवसको शुभकामना !’, उनले शुभकामना दिँदै भनेका छन् ।