आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आज २८ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

शुक्रबार, साउन १६ २०८२

काठमाडौं । जल तथा मौसम विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज २८ जिल्लामा आकस्मिक बाढीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिनअनुसार, बझाङ, अछाम, सुर्खेत, दैलेख, जाजरकोटलगायतका जिल्लामा बहने साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने र मध्यम जोखिमसहित आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको छ।

त्यस्तै, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, रसुवा, चितवन, मकवानपुर, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर, भक्तपुर), काभ्रे, लमजुङ, रोल्पा, रुकुम पश्चिम, जुम्ला, मुगु, डोल्पा, दार्चुला, बैतडी र डडेलधुरा लगायतका जिल्लामा समेत साना नदीहरूको बहाव बढ्ने र बाढीको मध्यम जोखिम रहने अनुमान गरिएको छ।

महाशाखाले ती क्षेत्रका नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन र जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।