आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

मन्त्रिपरिषद् हेरफेरको तयारी : कांग्रेससँग छलफल गर्दै प्रधानमन्त्री ओली 

बिहिबार, साउन १५ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको एक वर्षपछि मन्त्रिपरिषद् हेरफेरको तयारी थालेका छन्। यस सन्दर्भमा सत्ता साझेदार नेपाली कांग्रेससँग आज निर्णायक छलफल हुने तय भएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामशरण बजगाईंका अनुसार, बिहीबार बिहान ११ बजे बालुवाटारमा दुई दलका शीर्ष नेताहरूबीच बैठक बस्ने कार्यक्रम तय भएको हो।

सरकार गठनको एक वर्ष पुगिसकेको र केही मन्त्रीहरू विवादमा मुछिएपछि, प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनःगठन गर्ने तयारी गरेका हुन्।

तर, एमालेका एक नेताका अनुसार, कांग्रेसले आफ्ना मन्त्रीहरू फेर्न चासो नदेखाएको र यसअघिका वार्तामा पनि उत्सुकता नजनाएका कारण हेरफेर प्रक्रिया रोकिएको थियो।

अब भने प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदमा ताजगी ल्याउनुपर्ने आवश्यकतालाई अघि सारेका छन्।

आजको बैठकमा मन्त्रिपरिषद् पुनःगठनको स्वरूप, कांग्रेसको भूमिका, र मन्त्रालयहरूमा सम्भावित फेरबदलबारे सहमति खोजिनेछ।

सत्ता साझेदारबीच सहमति जुटेमा मन्त्रिपरिषद् हेरफेरको औपचारिक प्रक्रिया अघि बढ्ने छ।