आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एमालेको आग्रहपछि नवनियुक्त तीन मन्त्रीको शपथ रोकियो

बुधबार, साउन १४ २०८२

काठमाडौं । बागमती प्रदेशमा नवनियुक्त तीन मन्त्रीको शपथग्रहण अन्तिम समयमा आएर रोकिएको छ ।

बुधबार बिहान मुख्यमन्त्री बहादुरसिंह लामाले बिहानै धादिङका गोविन्द लम्साल, चितवनकी माया श्रेष्ठ र गीता गुरुङलाई क्रमशः आन्तरिक मामिला तथा कानुन, युवा तथा खेलकुद, र सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारीसहित मन्त्री नियुक्त गरेका थिए।

शपथग्रहण कार्यक्रम बिहान १० बजे प्रदेश प्रमुख कार्यालयमा तय गरिएको थियो । तर, नेकपा एमालेको आग्रहपछि कार्यक्रम स्थगित गरिएको हो ।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री लामालाई फोन गर्दै संवेदनशील राजनीतिक परिस्थितिमा सरकार विस्तार गर्नु उचित नहुने धारणा राखेका थिए ।

उनले यस्तो कदमले गलत सन्देश दिन सक्ने भन्दै मन्त्रीहरूको शपथ तत्काल रोक्न सुझाव दिएका थिए।