काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बुधबार बोलाइएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार दिउँसो ४ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाएका हुन् ।
आज बस्ने पदाधिकारी बैठक स्थायी समितिको तयारीका लागि बोलाइएको हो ।