आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

ल्हेन्दे खोलामा फेरि पनि बाढी : भन्सारको धर्मकाँटा बगायो, नदी किनारका बासिन्दालाई सजक रहन आग्रह

बुधबार, साउन १४ २०८२

काठमाडौं । चीनको तिब्बत क्षेत्रबाट बगेर आउने ल्हेन्दे खोलामा फेरि पनि ठूलो बाढी आएको छ । सो बाढीले रसुवा, नुवाकोट हुँदै बग्ने भोटेकोशी  र त्रिशुली नदी किनारको क्षेत्र डुबानमा परेको छ ।

बाढीले नुवाकोट र रसुवाको सिमानामा पर्ने उत्तरगया धाम डुबानमा परेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

बाढीका कारण त्रिशुली र भोटेकोशी नदी आसपासमा जलसतह बढेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।  बाढीले टिमुरे भन्सार यार्डमा रहेको एक धर्मकाँटा बगाएको प्राधिकरणले जनाएको छ ।

गत असार तेस्रो साताको वर्षाले पनि रसुवाको टिमुरे नाकामा ठूलो क्षति गरेको थियो । बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाउनुका साथै भन्सार क्षेत्रमा राखिएका गाडी बगाएको थियो ।