आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एमाले अपानि-१२ : पूर्वराष्ट्रपतिको सक्रिय राजनीतिमा पुनरागमन अस्वीकार्य, थप बहस नगर्न निर्देशन (पूर्णपाठ)

मंगलबार, साउन १३ २०८२

काठमाडौं । नेकपा (एमाले) ले स्थानीय तहका उपनिर्वाचनको समग्र समीक्षा गर्दै आगामी निर्वाचनका लागि सचेत रहन पार्टी पङ्क्तिलाई निर्देशन दिएको छ।

साथै एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बारेमा थप छलफल र बहस नगर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

यही साउन ५ र ६ गते सम्पन्न केन्द्रीय कमिटी बैठकपछि जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानि–१२) मार्फत यस्तो निर्देशन दिइएको हो।

पूर्वराष्ट्रपति भण्डारीको बिषयमा पार्टीको केन्द्रीय सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकमा लामो छलफल गरी बिषयको टुंगो लगाइएको जनाउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अपानिमा यस्तो निर्देशन दिइएको हो ।

‘पछिल्लो समयमा सम्माननीय पूर्वराष्ट्रपतिका नाममा पार्टी एकतालाई कमजोर बनाउनेगरी सुरु भएको बहस र विवादलाई केन्द्रीय कमिटीको नवौं बैठकले उपयुक्त निर्णय गरी समाधान गरेको छ । अब उक्त विषयमा थप छलफल र बहस गरेर सम्माननीय पूर्व राष्ट्रपतिको गौरव, प्रतिष्ठा र सम्मानमा आँच आउने काम कसैले पनि गर्नु हुँदैन,’  अपानिमा भनिएकाे छ ।

“पूर्वराष्ट्रपति राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्नुपर्छ। सक्रिय राजनीतिमा आउनु हुँदैन,” अपानिमा उल्लेख छ, “सिङ्गै राष्ट्रको नेता भएकी व्यक्तिलाई कार्यकर्ता बनाउनु एमालेको मान्यताविपरीत हुन्छ।”

पार्टी विधानको धारा ८ को उल्लेख गर्दै अपानिमा भनिएको छ – भण्डारीले स्वेच्छाले पार्टी सदस्यता परित्याग गरेकाले पुनः सदस्यता नवीकरणको प्रक्रिया सदर हुन सक्दैन।

“विधान महाधिवेशनको पूर्वसन्ध्यामा दुई कार्यकाल र ७० वर्षे उमेर हदको विषयलाई लिएर पार्टीको मुख्य नेतृत्वलाई विवादित र कमजोर बनाउने उद्देश्यका साथ नियोजित रूपमा बहसमा ल्याउने काम भयो। दुई कार्यकालको विषय पार्टीको दसौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको प्रस्तावमा सर्वसम्मत रूपमा हटाइएको थियो। ७० वर्षे उमेर हदको विषय पार्टी प्रवेशको व्यवस्थापनका लागि केन्द्रीय कमिटीको पाँचौं बैठकको सर्वसम्मत निर्णयबाट स्थगन गरिएको थियो,” अपानिमा भनिएको छ।