आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सिन्धुलीबाट सम्पर्कविहीन भएका हायु परिवारका सदस्य पोखरामा भेटिए

मंगलबार, साउन १३ २०८२

काठमाडौं ।  सिन्धुलीबाट सम्पर्कविहीन भएका उर्मिला हायुको परिवारका सबै सदस्य पोखरामा भेटिएका छन् ।

पोखरा महानगरपालिका-३० गगनगौँडाका दुई घरमा बसिरहेको अवस्थामा उनीहरू भेटिएका जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए ।

सम्पर्कविहीन रहेका १६ जनाकै नाम रूजु भएको जनाउँदै उनले उनीहरू सकुशल रहेका बताए । उनीहरू सिन्धुलीबाट पोखरा किन र कसरी आए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेले बताए ।

उनीहरुलाई खोज्न जिल्ला प्रहरी कार्यालय सिन्धुली, जिल्ला प्रसासन कार्यालय  र प्रहरी कार्यालय रामेछापको टोली परिचालित भएका थिए ।

सम्पर्कविहीन भएका उनीहरूको मोबाइलको अन्तिम लोकेशन रामेछापको सिमन्दीछाप भन्ने ठाउँमा देखिएको थियो ।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाको नेतृत्वमा  रामेछापमा रहेका हायू समुदायको प्रत्येक घरमा प्रहरी पुगेको थियो ।

रामेछाप नगरपालिका ९ सेलेघाटदेखि रामेछाप बजारसम्म, हराएकी उर्मिलाको माईतीको घरमा समेत प्रहरी पुगेको थियो ।

सिन्धुली र रामेछाप लगायतका विभिन्न स्थानका प्रसासन, स्थानीय जनप्रतिनिधि लाग्दा पनि नभेटिएका उनीहरू पोखरामा भेटिएका थिए ।