आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

खोटाङ रुपाकोटका नगर प्रमुख भट्टराईले थाले माइतीघरमा सत्याग्रह

आइतबार, साउन ११ २०८२

काठमाडौं। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका नगर प्रमुख तीर्थराज भट्टराईले सत्याग्रह सुरु गरेका छन्।

स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन वाधक भएकाले पटक-पटक लिखित तथा मौखिक अनुरोधलाई संघीय सरकारले वेवास्ता गरेको भन्दै उनले आइतबारदेखि सात बुँदे मागसहित सत्याग्रह सुरु गरेका हुन्।

सिंहदरबारको दक्षिण गेट अगाडि कपाल मुन्डन गरि बाँसका मुडा बोकेर उनले सत्याग्रह सुरु गर्न लागेका थिए। तर निषेधित क्षेत्र भएकाले प्रहरीले उनलाई सुरक्षाकासाथ माइतीरघरमा लगेर छाडेको छ। उनले त्यही सत्याग्रह सुरु गरेका हुन्।

उनले संघीय सरकारसँग केवल नीति निर्माण बनाई गाउँघरमा मूल्यविहीन बनेका बाँस, काठ, गाँजा, लोकल रक्सी, राडिपाखी आदि स्थानीय उत्पादित सामग्रीलाई सरकारी रूपमा प्रयोग गर्न मिल्नेगरी कानून बनाउने, भवन बनाउन सकिनेगरी सरकारी नम्स् एवं विल्डिङ कोडमा समावेश गरी कानूनी रुपमा प्रयोग गर्ने वातावरण बनाइदिन आग्रह गरे।

यस्ता छन् भट्टराईका मागहरू :–

  •  जलवायु परिवर्तनको असरलाई जोगाउन सरकारले ठोस कानून बनाउँदै प्रदूषण धेरै गर्ने अरू देशसँग क्षतिपूर्ति लिने ।
  • बाँस र अन्य कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न विल्डिङ कोड र नम्स तयार गरी कानून निर्माण गरिदिने ।
  •  प्लास्टिकजन्य फोहोर उत्पादन गरी प्रदूषण गर्ने उ‌द्योगीसँग स्थानीय तहले अतिरिक्त १० प्रतिशत कर लिन पाउने कानून बनाउनु पर्ने ।
  • जथाभाबी प्रकृतिको दोहन गर्ने क्रसर, उ‌द्योग लगायतलाई कडाइकासाथ रोकी कडा कानून बनाई कारबाही गरिनु पर्ने ।
  • पहिलो चरणमा वन र उ‌द्योग मन्त्रालय र मातहतका सबै निकायले फर्निचर खरिद गर्दा बोस, काठ, राडी पाठी, वातावरण र पर्यावरण मैत्री फर्निचर र भवन संरचना बनाउने नीतिगत निर्णय गरियोस् ।
  • विशेषतः काठमाडौबाट खोटाङ जाँदा बाटोमा परेका पुल, सडक र संरचना अलपत्र पार्नेलाई कडा कानुनी कारबाही गरि तत्काल निर्माणको काम सुरु गरियोस् ।
  • पहाडी भूभागमा बाँदर तथा वन्यजन्तुको आतंकबाट बसाइसराइको दर बढेको हुँदा तत्काल नीतिगत निर्णय निर्णय गरी क्षतिपूर्ति तथा बाँदर व्यवस्थापन गरियोस् ।