आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

घरमा आफैँले लगाएको आगोमा परेर युवतीको मृत्यु

आइतबार, साउन ११ २०८२

गुल्मी । धुर्कोट गाउँपालिका–५ वस्तु अमराईस्थित मनी विककी २५ वर्षीया छोरी जुनाको आगलागीमा परेर आज विहान मृत्यु भएको छ ।

धुर्कोट –५ का वडाध्यक्ष केशवराज भण्डारीका अनुसार मानसिक अवस्था कमजोर रहेकी जुना आफैँले  घरमा आगो लगाएको थिइन् ।

स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।  आगलागीबाट रु तीन लाखभन्दा बढीको क्षति भएको जनाइएको छ ।