बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा शुभारम्भ

बिहिबार, जेष्ठ ३० २०७६

बुटवल जेठ, ३०–
सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा आज ज्येष्ठ ३० गतेदेखि शुभारम्भ भएको छ । यो सामसङ्ग डिजिटल प्लाजाले सामसङ्गका विश्वस्तरीय उत्पादनहरु टि.भि., मोवाइललगायतका सामसङ्गका सामानहरु प्रदर्शन तथा बिक्री वितरण गर्नेछ ।
बजारमा उच्च स्तरीय सामसङ्गका सामानहरुको बढ्दो मागले गर्दा बुटवलमा नयाँ शो–रुम खोल्न हिम इलेक्ट्रोनिक्सले भगवती मल्टि सप्लायर्ससँग सहकार्य गरेको हो । नयाँ शोरुम उद्घाटनको अवसरमा भगवती मल्टि सप्लायर्सका प्रोप्राइटर शिखर थापा र सपन पाण्डेयले भन्नुभयो, ‘हामी विश्वकै अग्रणी ग्लोबल ब्राण्डसँग जोडिन पाएकोमा र यहाँ सुरुवातमै ग्राहकहरुले दिनुभएको प्रतिक्रियाले हामी हर्षित भएका छौँ ।’ उहाँहरुले बुटवलकोे व्यस्त बजारमा खुलेको नयाँ शो–रुमबाट ग्राहक महानुभावहरुले नयाँ अनुभव गर्ने र आफुहरुले राम्रो ग्राहक सेवा दिने प्रतिबद्ध गर्नुभएको छ । दुबै प्रोपराइटरहरु भन्छन्, ‘हामीले दिने सेवाले बुटवल र बुटवललाई व्यवसायीक केन्द्र बनाउनुहुने ग्राहकको हृदय जित्ने कुरामा विश्वस्त छौँ ।’ 
नेपालको इलेक्ट्रोनिक्स व्यवसायमा हिम बिगत ३० वर्षदेखि अग्रणी कम्पनीको रुपमा रहँदै आएको छ । हिम इलेक्ट्रोनिक्सले नेपाली उपभोक्ताहरूलाई उत्कृष्ट सेवा र सुविधा दिन निरन्तर लगानी बढाउँदै लगेको छ । ‘१४ औँ सामसङ्गडिजिटल प्लाजा बुटवलमा शुभारम्भ गर्दा हामी गर्व गर्छौ । बुटवलमा केहि समय अगाडिनै सामसङ्गडिजिटल प्लाजा खोल्ने लक्ष्य बनाएको भएपनि अहिले आएर हाम्रो उदेश्य पूरा भएकोमा हामी हर्षित भएका छौँ । हामीसँग सहकार्य गरेर सहयोग पु¥याउनु हुनेसम्पुर्ण पार्टनर तथा भगवती मल्टिसप्लायर्सको भविष्यप्रति हाम्रो तर्फबाट हार्दिकता प्रकट गर्दछौं’, कम्पनीका प्रतिनिधिले भने ।