बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मिसन ८४ का लागि बलियो नेतृत्व सुनिश्चित भएको छ : महासचिव पोखरेल

शुक्रबार, साउन ९ २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिसन २०८४ का लागि बलियो नेतृत्व सुनिश्चित भएको बताउनुभएको छ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुमा स्टाटस लेख्दै महासचिव पोखरेलले विधि निर्माणको अन्योल अन्त्य भएको उल्लेख गर्नुभएको छ।

महासचिव पोखरेल सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘विधि निर्माणको अन्योल अन्त्य भएको छ । मिसन ८४ का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी आवश्यक थियो। त्यो सुनिश्चित भएको छ।’

बिहीबार सम्पन्न एमालेको सचिवालयले बैठकले दसौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिले मात्रै भदौमा हुने विधान महाधिवेशन सहभागी हुन पाउने निर्णय गरेको छ। यसैगरी बैठकले एमालेमा पदाधिकारीको संख्या १९ बाट १५ जनामा घटाउने भएको छ।