बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

छोरी बलात्कार गरेको अभियोगमा उपसचिव पक्राउ

मंगलबार, जेष्ठ २८ २०७६

काठमाडौं जेठ, २८–
नेपाल सरकारका उपसचिव छोरी बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । प्रहरीले पीडितको परिचय नखुलाउनका लागि आरोपि उपसचिवको नाम गोप्य राखेको जनाएको छ ।  
ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय सरकारी कर्मचारीले १८ वर्षीया छोरीलाई  बलात्कार गर्ने गरेको जाहेरीमा उल्लेख छ । उनले आमा नभएको वेलामा बलात्कार गर्ने गरेको प्रहरीमा परेको जाहेरीमा उल्लेख गरिएको छ । 
प्रहरीका अनुसार ति कर्मचारीले विदेशतिर बाबु–छोरीबीच शारीरिक सम्बन्ध हुने गरेको उदाहरण दिँदै शारीरिक सम्बन्धका लागि बाध्य पार्ने गरेको खुलेको छ । त्यो घटनाबारे आमालाई समेत जानकारी थियो ।
तर, परिवारकै बेइज्जती हुने डरले श्रीमानलाई सचेत गराउँदै आएकी थिइन् । पटकपटक सम्झाउँदा पनि नसुध्रिएपछि बाध्य भएर जोहरी दिएको पीडितको भनाइ छ । पीडित किशोरी कक्षा १२ मा अध्ययनरत छिन् ।  पक्राउ परेका उपसचिवविरुद्ध मुलुकी अपराध संहिताको जबरजस्तीकरणीको कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।