काठमाडौं जेठ, २३–
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक स्थगित भएको छ । अध्यक्षद्वयले तयारी गर्न समय मागेपछि बैठक स्थगित भएको हो ।
आज बिहान ९ बजेका लागि बोलाइएको बैठक तयारीकै लागि दिउँसो १२ बजेसम्म सारिएको थियो। तर, दुई अध्यक्षले सहमतिको आधार तयार पार्न अरु थप समय चाहिने बताएपछि बैठक स्थगित गरिएको हो।
यसअघि हिजोको छलफलमा आज बैठक बसेर जिल्लाका इन्चार्ज र सह–इन्चार्जबारे सहमतिको प्रयास गर्ने सहमति भएको थियो। तर नेताहरूलाई दिइने जिम्मेवारीको मापदण्डबारे कुरा मिल्न नसक्दा बैठक अनिश्चित बनेको हो।