काठमाडौं जेठ, २१–
सर्वसाधारणलाई देशमा महाभूकम्प आउँछ भन्दै आतंक फैलाउने ‘ज्योतिष’ अर्जुन क्षेत्री पक्राउ परेका छन् । मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वसाधरणमा भ्रम फैलाएको भन्दै ३६ वर्षीय अर्जुन क्षेत्रीलाई नियन्त्रणमा लिएको हो । ‘ज्योतिष’ क्षेत्रीले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै सर्वसाधारणलाई आतंकित पार्ने काम गरेका थिए । कतिपय मानिस उनले फैलाएको भ्रमबाट आतंकित भएको भन्दै उनलाई पक्राउ गर्नुपरेको प्रहरीले जनाएको छ ।
उनी मंगलबार गौशालाबाट पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनीमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाईएको प्रहरीले जनाएको छ ।