बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सांग्रिला बैंकको थप संध्याकालिन तथा होलिडे काउण्टर सञ्चालन

सोमबार, जेष्ठ २० २०७६

काठमाडौं जेठ, २०–
सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न शाखा कार्यालयहरुमा संध्याकालिन काउण्टर तथा होलिडे काउण्टर थप गरेको  छ । ग्राहकवर्गको माग तथा सुविधालाई मध्यनजर गर्दै देशभरका विभिन्न शाखा कार्यालयहरुमा यहि जेठ १५ गते देखि संध्याकालिन काउण्टर र १८ गते देखि होलीडे काउन्टरको सुविधाहरु थप गरिएको बैकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।
आप्mना ८५ ओटा शाखा कार्यालयहरु तथा २४ वटा ए.टी.एम.हरुबाट ग्राहकहरुलाई बैंकि¨ सेवा प्रदान गर्दै आएको बैंकले थप १३ ओटा शाखा कार्यलयबाट संध्याकालिन काउण्टर तथा होलीडे काउण्टरहरु संचालनमा ल्याएको छ । थप गरिएका संध्याकालिन तथा होलीडे काउण्टरहरु मध्ये काठमाण्डौ उपत्यका भित्र ४ ओटा शाखाहरु रहेका छन् । थप गरिएका संध्याकालीन तथा होलीडे काउन्टर सहित देशभरमा जम्मा १७ ओटा शाखाहरुबाट संध्यकालीन काउण्टर तथा जम्मा २१ ओटा शाखाहरुबाट होलिडे काउण्टर संचालन गरि ग्राहकवर्गलाई बैंकि¨ सेवा प्रदान गरिएको बताइएको छ ।
सार्वजनिक विदाको समयमा पनि बैंकिङ्ग सेवा प्रदान गर्न शुरु गरेको यस बैंकको होलिडे काउण्टर सेवा अन्तर्गत काठमाण्डौ तथा पोखरा उपत्यका एवं बाँके र कैलाली क्षेत्रका विभिन्न शाखाहरुबाट बिहान १० बजे देखि ३ बजे सम्म बैंकिङ्ग सेवा खुल्ला रहने बैकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।