काठमाडौं जेठ, १९–
सिटिजन लाइफ इन्स्योरेन्सले वैदेसिक रोजगार अन्तर्गत यस आर्थिक वर्षको सातौं मृत्यु दाबी भुक्तानी वापत १४ लाख रुपैयाँ बराबरको रकम भुक्तानी गरेको छ । कम्पनीका तर्फबाट सोलुखुम्बु नगरपालिका घर भइ माल्दिभ्समा बसी काम गर्दै आएकी रमिता बिकको असामयिकभएको मृत्यु वापत उहांको ६ वर्षिया सुपुत्र सिमन बिकलाई सिटिजन लाइफ इन्स्योरेन्सका सि.ओ.ओ दशरथ मणी खड्काले बीमांक वापतको रकमजम्मा १४ लाखको चेक हस्तान्तरण गरे ।
ग्राहकवर्गको सुरक्षा र निश्चिन्तताको लागि सिटिजन लाइफले नेपालमै पहिलो पटक ल्याएको सिटिजन जीवन सारथी र क्रिटिकल केयर प्लस जस्ता नवीन तथा नौलो योजनाहरुले ग्राहकहरुको मन जित्न सफल भएको छ । जीवन सारथी योजना अन्तर्गत बीमितले ९० वर्षको उमेरसम्म पैसा पाउने छन भने क्रिटिकल केयर प्लस मार्फत बीमितले सर्वाधिक २० घातक रोगहरु विरुद्ध ५० लाख सम्मको औषधिउपचार खर्च प्राप्त गर्नेछन् । नेपालभर फैलिएका ग्राहकहरुलाई सेवा प्रदान गर्ने क्रममा सिटिजन लाइफले नेपालका ७३ विभिन्न ठाँउहरुमा आफ्नो शाखा विस्तार गरेको छ । साथै कम्पनीले हालसालै सिटिजन वार्षिक अग्रिम भुक्तानी बीमा योजना सार्वजनिक गरेको छ ।