बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एनएलजी इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न

मंगलबार, जेष्ठ १४ २०७६

काठमाडौ जेठ, १४–
एनएलजी इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीले जेठ १४ गते अर्थात मंगलबार काठमाडौस्थित रसियन कल्चर सेन्टरमा विशेष साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष बिमल प्रसाद वाग्लेको सभापतित्वमा सम्पन्न भएको विशेष सभाले बीमा समितीले तोकेको न्युुनतम चुक्ता पुंंजी कायम गर्नको लागि १० बराबर छ को अनुपातमा हकप्रद सेयर जारी गर्ने बिशेष प्रस्ताव पारित गरेको छ । कम्पनीका अनुसार हाल कायम रहेको चुक्ता पुंजी ६४ करोड चार लाख छ हजार दुुई सय ५० रुपैयाँ मध्येबाट ६० प्रतिसत अर्थात १० बराबर छ को अनुुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । 
सभाले समुह ख सेयरधनी समायोजन गर्ने सम्वन्धमा आवस्यक प्रकृयाको लागि निर्णय लिन सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको छ ।