काठमाडौ जेठ, १३–
नेपाल राष्ट्र बैकले वाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुमा ७३ करोड २८ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । एक बर्षिय मुुद्धती निक्षेपकोरुपमा २०७६ असार एक गतेदेखि बिसं २०७७ जेठ ३२ गतेसम्मको लागि उक्त रकम राख्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । रकम लगानीको लागि बैंक तथा फार्ईनान्स कम्पनीहरुले यही जेठ १६ गते अर्थात आगामी बिहिबार अपरान्ह तीन बजेसम्म आफुुले लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत उल्लेख गरी आवेदन दिनुपर्ने छ ।
लगानी गरिने कुुल रकम मध्ये बाँणिज्य बैंकहरुमा ५८ करोड ६३ लाख, बिकास बैंकहरुमा १० करोड ९९ लाख र फाईनान्स कम्पनीहरुमा तीन करोड ६६ लाख रुपैयाँ छुुट्याईएको राष्ट्र बैंकले जानकारी दिएको छ । रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको हुुनुपर्ने, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको हुुनुपर्ने, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको हुुनुुपर्ने लगायतका प्रावधाहरु तोकिएकाछन ।
भोलि मंगबार आठ अर्ब रुपैयाँको ऋणपत्र
भोलि मंगलबार नेपाल राष्ट्र बैंकले आठ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । भोलि मंलगबार अपरान्ह तीन बजेसम्म राष्ट्र बैैकले छ बर्षे अवधिको बिकास ऋणपत्र २०८२ ग बिक्री गर्न लागेको हो । यही जेठ १५ गते जारी मिती तोकिएको ऋणपत्रको परिपक्व हुने अवधि भने बिसं २०८२ जेठ १५ गते तोकिएको छ ।
बोलकवोलको माध्यमद्धारा बिक्री गरिएको उक्त ऋणपत्रको खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिक नागरिकहरुले भाग लिन सक्नेछन । राष्ट्र बैकका अनुुसार खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर बैंक तथा फाईनान्स कम्पनीहरुसंग कर्जा लिन र दिन समेत पाईने छ ।
अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने यो ऋणपत्र खरिदको लागि प्रतिस्पर्धी र अप्रतिस्पर्धी समुह भित्र रहेर ऋणपत्र बिक्री गरिने छ । राष्ट्र बैकका अनुसार प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्कासित रकमको ८० र २० प्रतिशत अर्थात छ अर्ब ४० करोड र एक अर्ब ६० करोड छुट्याइएको छ । खरिद गरिएको ऋणपत्रको दोस्रो बजार कारोवार नेपाल स्टक एक्सचेन्ज मार्फत हुुने छ ।