काठमाडौं जेठ, १३–
नेपाल बैंक लिमिटेडले प्रदेश नम्बर २ वारा जिल्लाको चैनपुरमा संचालित नेपाल राष्ट्रिय प्राथामिक बिद्यालयलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । गत चैतमा आएको हावाहुरीबाट क्षतिग्रस्त उक्त विद्यालयको दुुई तले छ कोठाको भवन निर्माण निम्ति बैकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपलव्ध गराईएको उक्त रकमको चेक शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोख्रेलको समुपस्थितिमा विद्यालय प्रांगणमा आयोजित एक समारोहका वीच नेपाल बैक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम ठाकुर र विद्यालयका प्रधानाध्यापक मदन प्रसाद कुर्मीलाई हस्तान्तरण गरेका हुुन् ।
सो अवसरमा प्रमुख अतिथि मन्त्री पोख्रेलले देश बनाउने थलोको रुपमा रहेको विद्यालयलाई आर्थिक सहयोग गरेर नेपाल बैकले सराहनीय कार्य गरेको वताउंदै सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सबैले ध्यान पु¥याउनुपर्ने बताए । सो अवसरमा बैंकका अध्यक्ष अधिकारीले देशको अगुवा नेपाल बैकले संस्थागत सामाजिक उत्तरदायित्व वहनको सिलसिलामा यस विद्यालयलाई आर्थिक सहयोग निम्ति छानेको वताउंदै बैकद्वारा प्रदान गरिएको सहयोग पूर्ण सदुपयोग भई यस विद्यालयका वालवालिकाको पठनपाठनमा सहजता आउने विश्वास प्रकट गरे ।
उक्त समारोहमा जितपुर सिमरा उपमहानगरपालिका प्रमुख कृष्ण पौडेल,वरिष्ठ उद्योगपतिद्वय वावुलाल चाचान,सुरेश कंगटा ,बैकका का.मु. सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी, प्रदेश २ बैकको प्रादेशिक कार्यालयका प्रमुख प्रतिभा डंगोल, स्थानीय जनप्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु ,शिक्षक , विद्यार्थी लगायत सर्वसाधारणको भव्य उपस्थिति थियो ।