बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेप्सेमा सामान्य अंकले सुधार, तीन वटा समुहले गुमाउँदा आठ वटा समुहले कमाए

सोमबार, जेष्ठ १३ २०७६

काठमाडौं जेठ, १३–
नेप्सेमा सामान्य अंकले सुधार आएको छ । आज सोमबार नेप्से शुन्य दशमलव ३४ अंकले बढेर १३ सय दुुई दशमलव ९६ अंकमा पुुग्दा सेन्सिटिभ पनि शुन्य दशमलव शुन्य पाँच अंकले बढेर दुुई सय ७७ दशमलव ६१ अंंकमा चढेको छ । आज एक सय ७० कम्पनीहरुको छ हजार छ सय १८ वटा कारोबारमा १७ लाख एक हजार ६४ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ५१ करोड ९५ लाख ५६ हजार सात सय ९३ रुपैयाँ पुुगेको छ । 
आज ११ वटा समुहको कारोबार हुँदा गुमाउने भन्दा कमाउने समुह धेरै देखिएका छन् । सो वाणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ९६ अंकले घटेर ११ सय ५६ दशमलव ८६ अंकमा झरेको छ । यसैगरी निर्जिवन बीमा र जीवन बीमा पनि आज गुुमाउने समुहमा परेकाछन् । कमाउने समुहहरुमा परेको विकास बैंक समुहको सुचक भने आज एक दशमलव ८१ अंकले बढेर १५ सय ८६ दशमलव ८४ अंकमा चढेको छ । जलबिद्युुत, फाईनान्स, लघुुबित्त, होटल, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोषको सुचक पनि बढेर हरियो भएको छ । 
कमाउने कम्पनीहरुको सुचीमा भने आज स्पर्श लघुुबित्त बित्तीय संस्था, कर्णाली बिकास बैंक आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी, छ्याङदी हाईड्रो पावर कम्पनी आदि परेकाछन् । रकम कारोबार भएका आधारमा भने आज शिवम सिमेन्ट, प्रभुु बैंक आदि अगाडि परेकाछन् ।