बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

भन्सार छलि अवैध रुपमा मरिच निकासी गर्ने कार्यमा संलग्न पाँच जना पक्राउ

सोमबार, जेष्ठ १३ २०७६

पर्सा जेठ, १३–
भन्सार छलि नेपालबाट भारततर्फ अवैध रुपमा ३० केजी मरिच निकासी गर्ने कार्यमा संलग्न ५ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका(२५ का उपेन्द्र कुमार सिंह, सोही महानगरपालिकाका जितेन्द्र कुमार सिंह, महेश साह, कृष्ण कुमार साह र सुभाष कटेल रहेका छन् ।
भन्सार चोरी निकासी नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालय पर्सा तथा सिमा प्रहरी चौकी छप्कैयाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका(१ स्थितबाट उक्त परिमाणको मरिच र मरिच निकासी गर्न प्रयोग गरिएको ग.१० प ७६३१ र ना २ प ९०५ नम्बरको मोटरसाइकल र २ वटा साइकल सहित उनीहरुलाई पक्राउ गरेको हो ।  
साथै सोही प्रहरी टोलीले पर्साका बिभिन्न नाकाहरूबाट बेसार २ बोरा, पाउडर दुध ५० पिस, फेसवास ८ पिस, साइकल २ थान, मरिच ६० किलो र पम्प सेटको सामान १२ पिस समेत वेवारिसे अवस्थामा फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।