बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

महालक्ष्मी विकास बैंक र ओम हस्पिटलबीच सम्झौता

सोमबार, जेष्ठ १३ २०७६

काठमाडौं जेठ, १३–
महालक्ष्मी विकास बैंक र ओम हस्पिटल तथा रिसर्च सेन्टर प्रालि बिच सम्झौता भएको छ ।  बैंकले आफ्ना ग्राहकका लागि स्वदेश मै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले ओम हस्पिटलसंग सम्झौता गरेको हो । 
सम्झौतामा बैंकका तर्फबाट वरिष्ठ प्रबन्धक प्रकाश घिमिरे र अस्पतालका तर्फबाट कार्यकारी निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका हुुन । सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवारले ओम हष्पिटलमा विभिन्न विधाका स्वास्थ्य परीक्षण तथा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउनेछन । सामान्य स्वास्थ्य परीक्षण,प्याथोलोजी, रेडियोलोजी, अल्ट्रासाउन्ड, मेमोग्राम, इसिजि, इको, इन्डोस्कोपी, कोलोनोस्कोपी, दन्तसेवा, शल्यक्रिया लगायत बेड चार्जमा बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, कर्मचारी, कर्मचारीका परिवारले आकर्षक छुट प्राप्त गर्न सक्नेछन । 
देशका ९३ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मीले आगामी दिनहरुमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।