काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)बाट बाहिरिसकेको दिल्ली क्यापिटलले दोस्रो स्थानको पञ्जाब किंग्सविरुद्ध शानदार जित निकालेको छ।
सिजनको अन्तिम खेलमा शनिबार राति दिल्लीले पञ्जाबलाई ६ विकेटले हराएको हो। प्रतियोगिताबाट बाहिरिएको टिमसँगको यो हारसँगै दोस्रो स्थानको पञ्जाबले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।
पन्जाबले दिएको २०७ रनको लक्ष्य पछ्याएको दिल्लीले ३ बल बाँकी रहँदा चार विकेटको क्षतिमा २०८ रन जोडेको हो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले आठ विकेटको क्षतिमा २०६ रनको योगफल खडा गरेको थियो।
पञ्जाब १७ अङ्कसहित दोस्रो स्थानमा छ। शीर्ष स्थानको गुजरात टाइटानको १८ अङ्क छ। दिल्लीले भने सबै खेल सकेर १५ अङ्क जोडेको छ।