बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

मालपोतका नायब सुब्बा सात करोड बढी राजश्व हिनामिना गरेर फरार

शनिबार, जेष्ठ ४ २०७६

काठमाडौं जेठ ४–
 सात करोडभन्दा धेरै राजश्व हिनामिना गरेर मालपोतका नायब सुब्बा फरार भएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

नासु मदनकुमार गुप्ता मालपोत कार्यालय कलैया र सिमराबाट सात करोड नौ लाख ५७ हजार ६ सय ६० रुपैयाँ सरकारी राजस्व उठाएर फरार भएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ताविरुद्ध तीन मुद्दा दायर गरेको छ । तर, पक्राउ गर्न भने सकेको छैन । गत फागुनदेखि उनी फरार छन् ।

मालपोत कार्यालय सिमरामा कार्यरत रहँदा आठ महिनामा चार करोड ५८ लाख ७१ हजार २० रुपैयाँ अनियमितता गरेको अख्तियारले जनाएको छ ।

साउनदेखि १२ फागुनसम्मको सबै राजस्व उनले व्यक्तिगत खातामा जम्मा गरेका हुन् । अख्तियारले छानबिन थालेलगत्तै उनी भागेका थिए ।