बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा सुरु

बुधबार, जेष्ठ १ २०७६

काठमाडौं जेठ १–
नेपाली कांग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । मुलुकको पछिल्लो राजनीतिक अवस्था र संसदको गतिविधिका बारेमा छलफल गर्न  कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । 

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केही समय अगाडि बैठक शुरू भएको हो । बैठकमा सरकारले संसदमा पेस गरेको प्रि–बजेटमाथिको छलफलका विषयमा पनि परामर्श हुनेछ । कांग्रेसका एक सांसदले आजको बैठकमा सञ्चार विधेयकका विषयमा कसरी अगाडि बढ्ने भन्नेबारेमा समेत छलफल हुने बताएका छन् ।