बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

उबुन्टु नेपाल र सीएसआरआईबीच उबु–कन एशिया २०२५ का लागि रणनीतिक साझेदारी

सोमबार, बैशाख २२ २०८२

काठमाडौं । नेपालमा ओपन–सोर्स प्रविधि र साइबर सुरक्षाको प्रवद्र्धनका लागि उबुन्टु र साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र बीच औपचारिक साझेदारी भएको छ ।

आइतबार राजधानी काठमाडौमा भएको साझेदारी हस्ताक्षर कार्यक्रममा दुवै संस्थाले संयुक्त रुपमा आयोजना गर्न लागेको उब–(कन एशिया २०२५) सम्मेलन आगामी भदौ १३–१४ (अगस्ट ३०–३१) मा आयोजना हुने हुने उल्लेख गरिएको छ ।

सो अवसरमा दुवै संस्थाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । उबुन्टु नेपालका तर्फबाट आदित्य सिंह, उबुकन एशिया २०२५ आयोजक समितिका प्रमुख, र सीएसआरआईका तर्फबाट डा. शालिग्राम पराजुली अध्यक्ष तथा डाभोजराज घिमिरे महासचिवले हस्ताक्षर गरेका हुन् । सीएसआरआईका संस्थापक अध्यक्ष चिरञ्जीवी अधिकारीको नेतृत्वमा यस पहलको सुरुवात गरिएको हो ।

यो समझदारी र सहकार्य केवल सम्मेलन आयोजनासम्म सीमित नभइ नेपालको सूचना प्रविधि क्षेत्रको दीर्घकालीन विकास र ओपन–सोर्स र साइबर सुरक्षा क्षेत्रको सुदृढीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ । अब सीएसआरआई ‘कम्युनिटी पार्टनर’ को रूपमा उबु–कन एशिया २०२५ मा मान्यता प्राप्त गर्नेछ । यसको लोगो तथा ब्रान्डिङ निम्न माध्यमहरूमा समावेश गरिनेछ ।