सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

१० निर्माण कम्पनीलाई सरकारले सोध्यो लिखित स्पष्टीकरण

सोमबार, बैशाख २२ २०८२

काठमाडौं ।विभिन्न आयोजनाका काम समयमै सम्पन्न नगर्ने १० निर्माण कम्पनीलाई सरकारले स्पष्टीकरण सोधेको छ ।

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १० वटा निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको हो ।

कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार १० वटा निर्माण कम्पनीलाई काली सूचीमा राख्नु नपर्ने आधार भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनेको हो।

सार्वजनिक खरिद ऐन, २०६४ को दफा ६३ को नियम १४१ को उपनियम (४ क) को प्रयोजनार्थ यो सूचना प्रशाशित गरिएको  कार्यालयले जनाएको छ।

चित्त बुझ्दो लिखित स्पष्टीकरण नआए ती कम्पनीलाई कालो सूचीमा राखिने छ ।

हेर्नुहोस् सूचना