बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

बानेश्वर क्याम्पस स्ववियु पदभार ग्रहण तथा दोश्रो बैठक सम्पन्न

१ महिनाभित्र डिजिटल कार्ड वितरण गर्ने निर्णय

बिहिबार, बैशाख १८ २०८२

काठमाडौँ । बानेश्वर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले पदभार ग्रहण गरेको हो । चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमा विजेता स्ववियु अध्यक्ष भुमिराज अधिकारी लगायतले पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहणमा स्ववियु संरक्षक तथा क्याम्पसका क्याम्पस प्रमुख, प्राध्यापक संघका कार्यवहाक अध्यक्ष, विभिन्न संकायका प्रमुख, संगठनका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो।

पदभार ग्रहण कार्यक्रममा स्ववियु संरक्षक तथा क्याम्पस प्रमुख डा. घमानिसंह खड्काले स्ववियुसँग सहकार्य गर्दै वानेश्वर क्याम्पसमा शैक्षिक गुणस्तर कायम गर्न अगाडि बढ्ने बताए ।

स्ववियु पदभार ग्रहण गर्दै स्ववियु अध्यक्ष भुमिराज अधिकारीले क्याम्पसमा भएका विकृति, विसङ्गगतिकाविरुद्द अगाडि बढ्दै विद्यार्थीमैत्रि काम गर्ने बताए । उनले १६ बर्षदेखि क्याम्पसमा स्ववियु निर्वाचन नहुँदा क्याम्पसमा अनेक समस्या रहेको, त्यस्ता समस्या चिरफार गर्दै नमुना स्ववियु बनाउने लक्ष्य रहेको बताए ।

स्ववियु पदभार ग्रहण गरेसँगै स्ववियु हलमा दोश्रो बैठक पनि बसेको थियो । उक्त बैठकले विद्यार्थीलाई १ महिनामा डिजिटल कार्ड वितरण गर्ने निर्णय गरेको छ।

त्यस्तै क्याम्पसकाे सुरक्षा ब्यवस्थालाई मध्यनजर गर्दै गेट पासकाे ब्यवस्था साथै क्याम्पसकाे प्रशाशनिक कामलाई पारदर्शिता बनाउने निर्णय समेत गरिएको स्ववियु अध्यक्ष भुमिराज अधिकारीले बताए ।

चैत ५ गते भएको स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी) को तर्फबाट उम्मेद्वारी दिएका अधिकारी स्ववियु अध्यक्षमा निर्वाचित भएका थिए । उनीहरूको पद तथा गोपनियताको सपथ २०८१ चैत्र १७ गते मात्रै भएको थियो ।

ढ