बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुन खरिदको लागि सिफारिस गर्दा शुल्क लिन नपाईने

बुधबार, बैशाख १७ २०८२

काठमाडौं । अबदेखि सुन खरिदको लागि सिफारिस गर्दा शुल्क लिन नपाईने भएको छ । यसअघि व्यवसायीहरुले सुन खरिदको लागि सिफारिस गर्दा शुल्क लिने गरेका थिए । नेपाल राष्ट्र बैंकले मंगलबार सुन खरिदको लागि सिफारिस प्रदान गर्ने संघ/महासंघ र सिफारिस लिने व्यवसायीको नाउँमा सुचना जारी गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

सुन आयात तथा बिक्री वितरण सम्बन्धमा ‘सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८’ विद्यमान रहेको र उक्त कार्यविधिको दफा १४ मा व्यवस्था भएबमोजिम सुन व्यवसाय सम्बन्धी संघ/महासंघले वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै पनि प्रकारको सिफारिस दस्तुर वा शुल्क लिन नपाइने व्यवस्था रहेको हुँदा सुन खरिदको लागि सिफारिस प्रदान गर्ने संघ/महासंघ र सिफारिस लिने व्यवसायीले उक्त व्यवस्थाको पालना गर्नु÷गराउनु हुन विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ दफा १४ ले दिएको अधिकार प्रयोग गरी यो सूचना प्रकाशन गरिएको हो ।, राष्ट्र बैंकले सुचना मार्फत भनेको छ ।