काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन तीन दशमलव ५८ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार १४ दशमलव ५३ अंकले घटेर २६ सय ४७ दशमलव शुन्य सात अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५९ अंकले घटेर चार सय ४५ दशमलव ४८ अंकमा पुगेको छ । तीन सय २७ वटा कम्पनीहरुको ७६ हजार नौं सय ९८ पटकको कारोबारमा दुई करोड ३६ लाख ८९ हजार ७१ कित्ता शेयर किनबेच हुँदा आज कारोबार रकम आठ अर्ब ९१ करोड २८ लाख ४३ हजार नौ सय १९ रुपैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा दुई वटा समुहको सुचक बढेर बाँकी ११ वटा समुहहरुको सुचक घटेको छ । सो मध्ये फाईनान्स समुहको सुचक ३४ दशमलव ६३ अंकले बढेर २४ सय ५८ दशमलव चार पुगेकोमा व्यापार समुहको सुचक पनि १९ दशमलव २४ अंकले बढेको छ । बाँणिज्य बैंक समुहको सुचक भने आठ दशमलव ६८ अंकले घटेर १३ सय २१ दशमलव तीन अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २६ दशमलव ५३ अंकले घटेर तीन हजार चार सय ९२ दशमलव ४८ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि १८ दशमलव ३५ अंकले घटेर १३ हजार एक सय छ दशमलव ५७ अकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि तीन दशमलव ४४ अंकले घटेर १२ हजार दुई सय ९४ दशमलव २७ अंकमा पुगेको छ । बिकास बैंक, होटल तथा पर्यटन लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज नेपाल माईक्रो लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी कमाउँदा सप्तकोशी डेभलपमेन्ट बैंकले सबैभन्दा बढी गुमाएको छ । ङादी ग्रुप पावर लिमिटेडको भने आज सबै भन्दा बढी रकम कारोबार भएको छ ।