काठमाडौं वैशाख,२६–
यूनाइटेड फाइनान्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा दिने सम्बन्धमा एक समारोह बीच सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार यूनाइटेड फाइनान्स लिमिटेडले देश भर रहेका आफ्ना १६ शाखाहरुबाट महालक्ष्मी लाईफको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ ।
महालक्ष्मी लाईफले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरीपूर्व मेची देखि पश्चिम महाकाली सम्म २२ वटा शाखाहरूबाट कारोबार प्रारम्भ गरिसकेको छ ।
सम्झौतामा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र र महालक्ष्मी लाईफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेकाछन ।