काठमाडौँ । हङकङमा जारी चारदेशीय टी-२० आई शृङ्खलाको उपाधिका लागि नेपाललाई कुवेतले १७५ रनको लक्ष्य दिएको छ ।
हङकङको टिन क्वाङ रोड रिक्रिएशन मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको थियो । निर्धारित २० ओभर खेल्दै कुवेतले ७ विकेटको क्षतिमा १७४ रन बनायो ।
कुवेतका ओपनर रवीजाले सर्वाधिक ६३ रन बनाए। ३६ बल खेलेका उनले ६ चौका र चार छक्का हाने।
क्लिन्टो एन्टोले २४ बलमा एक चौका र तीन छक्कासहित २६ रन बनाए। यस्तै, मिट भावसार १६ र उस्मान पटेल २३ रनमा आउट हुँदा क्तान मोहम्मद अस्लाम १३ रनमा अविजित रहे।
कुवेतका अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
नेपालका नन्दन यादव र सोमपाल कामीले समान दुई विकेट लिए। करण केसी र कुशल भुर्तेलले समान एक विकेट लिए ।