इमान्दारपुर्वक काम गरे जुनसकै समुदायले समर्थन गछर्न : अध्यक्ष गौतम
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन शाहको पुर्खौली घर मदेश रहेको जगजाहेर नै छ । फरक समुदायबाट काठमाडौं जस्तो नेवारी समुदायको वाहुल्य रहेको क्षेत्रमा निर्वाचित हुनु चानचुने कुरा थिएन् । नेवार परिवारमा जन्मे पनि मदेशी जनताले वीरगंज महानगरपालिको मेयरमा राजेशमान सिंहलाई निर्वाचित गरेकोे अर्को इतिहास हामी सँग अवस्य छ । निर्वाचित भएपश्चात सिंहले भनेका थिए ‘मधेसी समाजको उत्थानको मुख्य बाटो राज्यको सबै अंगमा मधेसीको मुलप्रवाहीकरण हो।’ यही सकारात्मक विचारले नै उनलाई मेयरको रुपमा मदेशीलगायत समुदायले मन पराए ।
त्यस्तै मदेशले अर्को इतिहास खासगरीे वीरगंज उद्योग वाणिज्य संघले पहाडि समुदायका हरिप्रसाद गौतमलाई अध्यक्ष बनाएको छ । जनतालाई एकताको सुत्रमा बाध्ने सन्देश धेरै अर्थमा वीरगंजले दिएको छ । हिमाल, पहाड, तराई जुनसकै क्षेत्रमा वस्ने जनताले जुनसुकै समुदायका व्यक्तिलाई सकारात्मक काम र सकारात्मक सोचका कारण विश्वास गर्ने उदाहरण बनेको छ ।
जात, जाति, धर्म लगायत विभिन्न किसिमको विभेद नेपालमा छ, जनताको यस्ता फैसलाले केहि हदसम्म सकारात्मकता तिर लैजाने गर्दछ । इमान्दारपुर्वक काम गरे सम्पुर्ण समुदाय आफ्नै हुने गौतमले तीनघुम्तीलाई बताए । आर्थिक राजधानी मानीने वीरगंज व्यापार, वाणिज्यको प्रमुख केन्द्र हो । वीरगंज सबैभन्दा बढि भन्सार राजश्व उठाउने नाका समेत हो । हो यहि वीरगंज वाणिज्य संघको हालै सम्पन्न २९ ओँ वार्षिक साधारणसभा तथा अधिवेशनले हरिप्रसाद गौतमलाई अध्यक्ष बनाएको हो।
विगत केही वर्षदेखि फुटवेयरलगायतका उद्योग सञ्चालन गर्दै आएका गौतमले यसअघि नै विभिन्न सार्वजनिक संस्थानहरूको कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेका कार्य सञ्चालन गरिसकेका छन् । गौतम २०४९ सालमा हेटौंडा कपडा उद्योगमा अध्यक्ष, २०५२ सालमा वीरगञ्ज चिनी कारखानाको अध्यक्ष, त्यसपछि पटक–पटक गरेर तीनपटक अर्थात् २०६० सालसम्म जनकपुर चुरोट कारखानाको महाप्रबन्धक भएका थिए ।
गौतमले वीरगंज क्षेत्रमा रहेका उद्योगीहरुको इमान्दार, पारदर्शी ढंगले समस्या समाधानको निमित्त अगाडि बढेकै कारण वीरगंज उद्योग वाणिज्य संघको अध्यक्ष बन्न सफल भएको बताए ।
उनले सरकारको उद्योग सन्चालन सम्बन्धि स्पष्ट निति तथा भिजन नभएकै कारण वीरगंजको वैध उद्योग भन्दा अवैध उद्योग फस्टाइरहेको बताए । ‘वीरगंजमा खुला सिमा क्षेत्र धेरै छ । सरकारले राजस्व धेरै संकलन गर्न भन्सारदर बढाउछ, भन्सारदर बढाएसँगै कारोवारीहरु भारतबाट खूला नाकाको फाइदा उठाएर सामान ल्याएर बेच्ने गछर्न, जसले वैध व्यापार गर्नेहरु समस्यामा परीरहेका छन् । सरकारको यस किसीमको निति फेल भइसकेको छ । तसर्थ सरकारले भन्सारदरबारे आफनो निति नै परिवर्तन गर्नुपर्छ ।’ गौतमले भने । यसमा सुधार नगर्ने हो भने आगामी दिनमा सिमा नाकामा व्यवसाय गर्ने व्यवसायी अझ समस्यामा पर्दै जाने उनको भनाई छ।